Kathmandu Press

होटल तथा रेष्टुरेन्ट असोज १ देखि खोल्न पाइने

काठमाडौं, भदौ ३० : होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु असोज १ गतेदेखि खोल्न पाइने भएको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज १ देखि होटल,...
होटल तथा रेष्टुरेन्ट असोज १ देखि खोल्न पाइने

काठमाडौं, भदौ ३० : होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु असोज १ गतेदेखि खोल्न पाइने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय गरेको हो।

कोरोनाको सुरक्षा सम्वन्धी मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न पाइने सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

जिमखाना, सिनेमा घर, चिडियाखाना, शैलुन, स्पाजस्ता व्यवसाय भने तत्काल सञ्चालन गर्न नपाइने उनले बताए।

प्रकाशित मिति: १८:२९ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्