आन्तरिक हवाई उडान असोज १ बाटै खुला
काठमाडौं, भदौ ३० : सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाटै सञ्चालन गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा...
काठमाडौं, भदौ ३० : सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाटै सञ्चालन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आन्तरिक हवाई उडान असोज १ गतेबाटै सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको जानकारी दिए।
उनका अनुसार अन्तरिक हवाई उडान गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भने अनिवार्य रुपमा गर्नु पर्नेछ। यस्तै, विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क र भाइजर अनिवार्य गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए।
कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेसँगै आन्तरिक हवाई उडानमा प्रतिबन्ध लगाएको थियो।
प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

