Kathmandu Press

लामो दूरीका यातायात असोज १ देखि नै खुल्ने, ५० प्रतिशत बढी भाडा लिन पाउने

लामो दूरीका यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएका छन्। 
लामो दूरीका यातायात असोज १ देखि नै खुल्ने, ५० प्रतिशत बढी भाडा लिन पाउने

काठमाडौं, भदौ ३० : लामो दूरीका यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएका छन्। 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लामो दूरकिा यातायातका साधान असोज १ गतेबाट सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए।

Hardik ivf

यातायातका साधन सञ्चालनमा ल्याउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य अपनाउनु पर्ने उनले बताए। 

यस्तै, लामो दूरीका यातायातले तोकिएको भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने मन्त्री ज्ञवालीले जानकारी दिए। अब यातायात व्यवसायीले तोकिएको भाडाभन्दा ५० प्रतिशत बढी भाडा यात्रुसँग लिन पाउने छन्।
 

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्