वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित वृद्धको मृत्यु

काठमाडौं, भदौ ३० : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।
सुनसरीको धरान १७ का ७० वर्षीय वृद्धको मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
ज्वरो, खोकी र श्वास प्रश्वासमामा समस्या देखिएपछि भदौ २७ गते असपताल भर्ना भएका उनमा भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
मृतक उच्च रक्तचापका बिरामीसमेत रहेका थिए।
प्रकाशित मिति: १७:५५ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

