Kathmandu Press

वीपी प्रतिष्ठानका तत्कालीन उपकुलपति दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, भदौ ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा...
वीपी प्रतिष्ठानका तत्कालीन उपकुलपति दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, भदौ ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति दासविरुद्ध सात करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बराबरको गैरकानूनी आर्जन आरोपमा मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता  गरिएको हो। 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी दासविरुद्ध हदै सम्मको कारबाहीको माग गर्दै अवैध सम्पत्ति जफतको मागसहित अदालतमा मुद्दा दायर गरिएको छ। 

आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गते सम्मको अवधिमा  सात करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बराबरको गैरकानूनी आर्जन गरेको पाइएको छ। 

आयोगका अनुसार दासको वैध आय सात करोड ६० लाख १० हजार ४८९ रुपैयाँ आर्जन गरेको देखिएको छ। आयको तुलनामा १५ करोड ३२ लाख तीन हजार ३५० रुपैयाँ अवैध आय देखिएको छ। 

प्रकाशित मिति: १७:५५ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्