Kathmandu Press

राष्ट्रपतिको चीन भ्रमणले सम्बन्ध नयाँ उचाइमा पुग्छः मन्त्री ज्ञवाली 

काठमाडौं, वैशाख ९ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल....

राष्ट्रपतिको चीन भ्रमणले सम्बन्ध नयाँ उचाइमा पुग्छः मन्त्री ज्ञवाली 

काठमाडौं, वैशाख ९ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने बताएका छन्।

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको स्पष्ट पारे। उनले भने,‘उहाँको भ्रमणपछि नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध थप नयाँ उचाइमा पुग्छ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘राष्ट्रपतिको यो भ्रमणले सदियौंदेखि रहँदै आएको नेपाल–चीन सौहार्दपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने छ। चीनको विकाससँग नेपालको विकासलाई जोड्ने विभिन्न माध्यम र उपायहरुको खोजी गर्नेछ।’

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले भ्रमणको दौरान दुई पटक सम्बोधन गर्ने कार्यक्रम रहेको पनि बताए। उनले भने,‘बेल्ट एण्ड रोड इनिसिएटिभ फोरम, जहाँ सयभन्दा बढि राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुन्छन्, त्यसमा उहाँले दुईपटक सम्बोधन गर्नुहुनेछ। पहिलो उहाँले उद्घाटन  सत्रमा उच्चस्तरीय भेलामा सम्बोधन गर्नुहुनेछ, र दोस्रो चिनियाँ राष्ट्रपति सि जिनपिङले सञ्चालन गर्ने राउण्ड टेबलमा सम्बोधन गर्नुहुनेछ।’

मन्त्री ज्ञवालीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्धिपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर गर्ने बताए। 


 

प्रकाशित मिति: २०:०० बजे, सोमबार, वैशाख ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्