मकवानपुरमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ३० : मकवानपुरमा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा गरिएको परीक्षणमा...
काठमाडौं, भदौ ३० : मकवानपुरमा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा गरिएको परीक्षणमा मकवानपुरमा थप ८७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितमध्ये ५२ पुरुष र ३५ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, मंगलबार देशभर थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। संक्रमितमध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट ३७१ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १०६२ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











