मोरङमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ३० : मोरङमा थप १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा मोरङमा थप १११ जनामा कोरोनाको संक्रमण पुष्टि...
काठमाडौं, भदौ ३० : मोरङमा थप १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार गरिएको परीक्षणमा मोरङमा थप १११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये ६९ पुरुष र ४२ जना महिला रहेका छन्।
यस्तै, मंगलबार देशभर थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। संक्रमितमध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट ३७१ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १०६२ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

