Kathmandu Press

सिराहामा एकैदिन थपिए १६२ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ३० : सिराहामा एकैदिन थप १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा सिराहामा थप १६२ जनामा कोरोनाको संक्रमण पुष्टि...
सिराहामा एकैदिन थपिए १६२ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ३० : सिराहामा एकैदिन थप १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा सिराहामा थप १६२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये १५७ पुरुष र पाँच जना महिला रहेका छन्। 

यस्तै, मंगलबार देशभर थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। संक्रमितमध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट ३७१ जनाको मृत्यु भएको छ। 

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १०६२ जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्