Kathmandu Press

सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता 

काठमाडौं, भदौ ३० : सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत मजार जावेदबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा दुई...
सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता 

काठमाडौं, भदौ ३० : सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत मजार जावेदबीच शिष्टाचार भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो।

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गरेका थिए। उनले कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिँदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरेका गरे।

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गरेका थिए।

भेटमा चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत जवेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोगप्रति आभार प्रकट गरेका थिए।

उनले कोरोनाका कारण सात महिना यता दुई देशका संसदबीचको नियमित काम समेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास व्यक्त गरेका थिए। 
 

प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्