नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
पर्सा, भदौ ३० : वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियूमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय...
पर्सा, भदौ ३० : वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियूमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन्।
उच्च ज्वरो, कडा निमोनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते अस्पताल ल्याएका अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहले जनाकारी दिए। सोही दिन ती महिलाकोे पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको डा सिंहले जानकारी दिए। शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १२:५० बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

