Kathmandu Press

गण्डकी प्रदेशका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ३० : गण्डकी प्रदेशमा मंगलबार थप ४७ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन...
गण्डकी प्रदेशका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ३० : गण्डकी प्रदेशमा मंगलबार थप ४७ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो।

सात जिल्लाका थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ९ जना, कास्कीका ३ जना, गोरखाका, लमजुङ र मनाङका एक\एकजना रहेका छन्।

याेसिहत गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ३११२ पुगेकाे छ।

प्रकाशित मिति: १२:४१ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्