बारा र रौतहटका थप २६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ३० : बारा र रौतहटका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण...
काठमाडौं, भदौ ३० : बारा र रौतहटका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित मध्ये रौतहटका २३ र बाराका तीन जना रहेका छन्।
राैतहटका २३ संक्रमित मध्ये गरुडास्थित राष्ट्रिय वाणिज्य बैंकका चार जना कर्मचारी, गुरुडाकै सिभिल बैंकका चार कर्मचारी,सशस्त्र प्रहरी हजमिनियाका दुई जना र गरुडा इलाका प्रहरी कार्यालयका एक जना रहेका छन्।
यस्तै माधवनारायण नगरपालिका-३ र ४ का एक/एक जना, गरुडा नगरपालिकाको विभिन्न वडाका नौ जना, चन्द्रपुर नगरपालिका-६ मा एक जना रहेका छन्।
त्यस्तै बाराका परसौनी गाउँपालिका-२ मा एक जना, जितपुर सिमरा उपमहानगरपालिका-४ र वडा १२ मा एक/एकजना रहेका छन्।
प्रकाशित मिति: ११:२३ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

