Kathmandu Press

बलात्कार मुद्दामा फरार दुई युवक ६ वर्षपछि पक्राउ

कञ्चनपुर, भदौ ३० : सामुहिक बलत्कारको मुद्दाका फरार रहेका कञ्चनपुरका दुई जना युवकलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर र...
बलात्कार मुद्दामा फरार दुई युवक ६ वर्षपछि पक्राउ

कञ्चनपुर, भदौ ३० : सामुहिक बलत्कारको मुद्दाका फरार रहेका कञ्चनपुरका दुई जना युवकलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र २६ वर्षीय अनिल रानालाई पक्राउ गरेको हो। उनीहरुलाई प्रहरी टोलीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

स्थानीय युवतीलाई बलत्कार गरेर दुवै जना २०७१ फागुन महिनादेखि फरार रहेका थिए। कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई २०७२ असार २८ गते ११/११ वर्षको कैद सजाय सुनाएको थियो।

घरमै रहेका वेला दुवै जना पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ।

प्रकाशित मिति: ११:१३ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्