Kathmandu Press

ललितपुरको महालक्ष्मी नगरपालिका मेयरलाई कोरोना

ललितपुर, भदौ ३० : ललितपुरको महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरसको संक्रमण भएको छ।उनले सोमबार कोरोना परीक्षण गराएका थिए। सोमबार राति नै...
ललितपुरको महालक्ष्मी नगरपालिका मेयरलाई कोरोना

ललितपुर, भदौ ३० : ललितपुरको महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरसको संक्रमण भएको छ।

उनले सोमबार कोरोना परीक्षण गराएका थिए। सोमबार राति नै आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको मेयर श्रेष्ठले बताए। 'गएराति आएको रिपोर्टमा मलाई कोरोना लागेको पुष्टि भएको छ,' मेयर श्रेष्ठले भने।

उनलाई कोरोनाको सामान्य लक्षण देखिएको छ। जसले गर्दा उपचारका लागि ग्वार्कोस्थित किस्ट मेडिकल कलेज भर्ना भएका छन्।

मेयर श्रेष्ठले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई एक पटक कोरोना परीक्षण गराउन अनुरोध गरेका छन्।

यस अघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो। सोल्टी होटलको आइसोलेसनमा बसेका उनी निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: १०:५६ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्