Kathmandu Press

पहिरोले आठ घरमा क्षति, चार गाडी बगायो

चितवन, भदौ ३० : पहिरोले चितवनमा आठ घरमा क्षति पुर्‍याएकाे छ भने चार वटा गाडी बगाएको छ।अविरल वर्षासँगै गएराति खसेकोे पहिराले चितवनको इच्छाकामना...
पहिरोले आठ घरमा क्षति, चार गाडी बगायो

चितवन, भदौ ३० : पहिरोले चितवनमा आठ घरमा क्षति पुर्‍याएकाे छ भने चार वटा गाडी बगाएको छ।

अविरल वर्षासँगै गएराति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुगेको हो। उनीहरु घर छोडेर सुरक्षित स्थानमा बसेका छन्।

पहिरोले दुईवटा मोटरसाइकल, एक-एक वटा म्याजिक भ्यान र बोलेरो पनि बगाएको स्थानीय चित्रबहादुर गुरुङले बताए। त्यस्तै, पहिरोले राष्ट्रिय आधारभूत विद्यालय पैरेनीमा समेत क्षति पुर्‍याएको छ।

यस्तै, इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ। पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित मिति: १०:१९ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्