Kathmandu Press

धरानको बिपी कोइराला प्रतिष्ठानका उपकुलपतिलाई कोरोना

धरान, भदौ ३० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।प्रतिष्ठानको फेसबुक पेजमार्फत उपकुलति प्रा.डा.गिरीलाई...
धरानको बिपी कोइराला प्रतिष्ठानका उपकुलपतिलाई कोरोना

धरान, भदौ ३० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

प्रतिष्ठानको फेसबुक पेजमार्फत उपकुलति प्रा.डा.गिरीलाई कोरोना भएको जानकारी दिइएको छ। उनले नै जारी गरेको सूचनामा आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन्।

आइतबार उनको स्वाब संकलन गरिएको थियो। प्रतिष्ठानकै प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको उनले बताएका छन्।

सुरक्षाका सबै उपाय अपनाउदा अपनाउँदै पनि कोरोना संक्रमण भएको उनले जनाएका छन्। उनी होम आइसोलेसनमा बसेका छन्। उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गरेर सजगता अपनाउन आग्रह गरेका छन्।

प्रतिष्ठानसँग सम्बन्धित अहिलेसम्म ६० जना संक्रमित भएका छन्। उनीहरु चिकित्सक, नर्स, हेल्पर र उनीहरुका परिवारका सदस्य रहेका छन्।

 

प्रकाशित मिति: ०९:५४ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्