Kathmandu Press

इटलीको कोरोनाबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि विद्यालयहरु सूचारु

काठमाडौं, भदौं ३० : इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन् ।देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१...
इटलीको कोरोनाबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि विद्यालयहरु सूचारु

काठमाडौं, भदौं ३० : इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन् ।

देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारी देखि विद्यालय प्रवेश गरेका हुन् । देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेला देखि केही समय कोरोनाभाइरसको महामारी उत्कर्षमा पुगेको थियो ।

इटलीमा दुई महिनासम्म अति कडा लकडाउन लागु गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए । यहाँका धेरै बालबालिकाहरुले कोरोनाका कारण हजुरबुवा हजुर आमा गुमाएका छन् भने कतिपयले अन्य आफन्तहरु पनि गुमाएका छन् ।

विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताए । 

प्रकाशित मिति: ०७:०७ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्