Kathmandu Press

रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बुटवलं, भदौ २९ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट सिद्धार्थनगर नगरपालिका–५ की ६४ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ज्वरो क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो।

सोमबार बिहान अस्पताल भर्ना भएकी कोरोना संक्रमित ती महिलाको दिउँसो साढे २ बजे मृत्यु भएको अस्पालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

ती महिला उच्च ज्वरो र श्वासप्रश्वासको समस्याबाट ग्रसित रहेको अस्पतालले जनाएको छ। 
 

प्रकाशित मिति: १९:४७ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्