Kathmandu Press

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण

पोखरा, भदौ २९ : गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार गरिएको परीक्षणमा गण्डकी प्रदेशका चार जिल्लाका थप ४४...
गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण

पोखरा, भदौ २९ : गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार गरिएको परीक्षणमा गण्डकी प्रदेशका चार जिल्लाका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए। 

उनका अनुसार कास्कीको पोखरा महानगरपालिकाकाका ३४,  रुपा गाउँपालिकाका चार, तनहुँको शुक्लागण्डकीका ६, लमजुङको मध्य नेपाल नगरपालिकाका तीन र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३०६४ पुगेको छ।

प्रकाशित मिति: १९:२६ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्