सर्वोच्चले भन्यो- जग्गाको कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन नगर्नू

काठमाडौं, भदौ २९ : सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
सोमबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाट खुलाउने गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।
जग्गाको कित्ताकाट खुलाउने सरकारी निर्णय बदर गर्न माग गर्दै अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले असोज ८ गतेसम्म उक्त निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो।
सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुवै पक्षलाई छलफलमा बोलाएको छ। त्यसदिनको बहसपछि सरकारी निर्णय बदर गर्न अन्तरिम आदेश दिने वा नदिनेबारे सर्वोच्चले निर्णय गर्नेछ।
यसअघि भूमि व्यवस्था मन्त्रालयले गत भदौ १८ गते जग्गाको कित्ता गर्न पाइने निर्णय गरेको थियो।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

