युरिया मल ल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस
काठमाडौं, भदौ २९ : मल नल्याउने शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ।सम्झौता बमोजिम युरिया मल नल्याउने यी दुई कम्पनीलाई कृषि...
काठमाडौं, भदौ २९ : मल नल्याउने शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ।
सम्झौता बमोजिम युरिया मल नल्याउने यी दुई कम्पनीलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न सिफारिस गरेको हो।
सम्झौता गरेअनुसार उनीहरुले ५० हजार मेट्रिक टन मल नल्याउनु पर्ने थियो। आज दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरेको छ।
यस वर्षको साउनमा ल्याउनुपर्ने मल उनीहरुले ल्याउन नसकेपछि सम्झौता खारेज भएको थियो।

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

