Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु  

काठमाडौं, भदौ २९ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु  

काठमाडौं, भदौ २९ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३६० पुगेको छ।  

यस्तै, सोमबार नेपालमा थप ११७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।   

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। संक्रमितमध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किएका छन्।प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर ८७९ जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १६:२३ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्