थप ११७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ २९ : नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा कोरोनाको...
काठमाडौं, भदौ २९ : नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। संक्रमितमध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर ८७९ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:१६ बजे, सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

