Kathmandu Press

राष्ट्रवादी शक्तिलाई जोड्न नसके कांग्रेस समाप्त हुन्छ: नेता भण्डारी

दमाैली, भदौ २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले पार्टीलाई पुनःजीवित गराउन आवश्यक रहेको बताएका छन्। स्कूल अफ डेमोक्रेसी तनहुँको सोमबार...
राष्ट्रवादी शक्तिलाई जोड्न नसके कांग्रेस समाप्त हुन्छ: नेता भण्डारी

दमाैली, भदौ २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले पार्टीलाई पुनःजीवित गराउन आवश्यक रहेको बताएका छन्। 

स्कूल अफ डेमोक्रेसी तनहुँको सोमबार दमौलीमा आयोजित पदस्थापन कार्यक्रममा उनले कमजोर बन्दै गएको पार्टीलाई बलियो बनाउन पुनःजीवित र पुनःसङ्गठनको आवश्यकता रहेको बताएका हुन्।

पूर्वमन्त्री भण्डारीले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले त्यसतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुको विकल्प नभएको बताउँदै कांग्रेसले हिजो कुन विचार बोकेर अगाडि बढ्यो, के थियो कांग्रेसको मूल सिद्धान्त र विचार त्यसतर्फ सोच्नुपर्ने बेला आएको बताए।

कांग्रेसले स्पष्ट नीति बनाउन नसक्ने र आफ्नै मौलिकता र पहिचान जोगाउन नसक्ने हो भने कांग्रेस समाप्त हुने उल्लेख गर्दै उनले राष्ट्रवादी शक्तिलाई जोड्न नसके कांग्रेस पनि समाप्त हुने र कांग्रेस समाप्त हुँदा लोकतन्त्र पनि समाप्त हुने बताए।

“देशको स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको अधिकारका विरुद्धमा कुनै पनि प्रकारका शक्तिको चलखेललाई स्वीकार गर्न सकिँदैन,”उनले भने।
 

प्रकाशित मिति: १५:५७ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्