Kathmandu Press

देशभर १०२ पत्रकारमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रदेश २ मा

देशभर १०२ पत्रकारमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रदेश २ मा

काठमाडौं, भदौ २९ : नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। 

सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश २ मा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

प्रदेश १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको महासंघका सचिव प्रकाश थापाले जानकारी दिए।  संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उनको भनाइ छ। 

कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकारमा बढी संक्रमण देखिएको छ। महासंघका महासचिव रमेश विष्टले संक्रमित भएर आइसोलेशनमा बस्दा पनि पत्रकारले कामलाई भने निरन्तरता दिएको बताए।

महासंघले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर काम गर्न सबैमा अनुरोध गरेको छ। 

प्रकाशित मिति: १५:३२ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्