Kathmandu Press

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न नियुक्तबारे निर्णय हुनसक्ने

काठमाडौं, भदौ २९ : झण्डै दुई सातामा आज मन्त्रिपरिषद् प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको छ।प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईका अनुसार आज साँझ ५...
आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न नियुक्तबारे निर्णय हुनसक्ने

काठमाडौं, भदौ २९ : झण्डै दुई सातामा आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको छ।

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईका अनुसार आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ। हप्तामा कम्तिमा एक दिन बस्ने गरेको मन्त्रिपरिषद् बैठक यस पटक भने झण्ड दुई सातामा बस्न लागेको हो।

आजको मन्त्रिपरिषद् बैठकमा विभिन्न नियुक्तीबारे निर्णय हुनसक्ने जनाएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको चार वर्षे कार्यकालय आइतबार सकिएको छ। यसबारे आज निर्णय हुनसक्ने जनाएको छ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेको कार्यकालय पनि सकिएको छ। यस विषयमा आज छलफल हुने जनाएको छ।

त्यस्तै, नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनितका लागि सिफारिस गर्ने विषयमा पनि निर्णय हुनसक्नेछ। नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजान निर्णय गरेको थियो।

प्रकाशित मिति: १२:४३ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्