प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं, भदौ २९ : जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। सिराहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरकी ३५ वर्षीया महिलाको मृत्यु भएको...
काठमाडौं, भदौ २९ : जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
सिराहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।
ज्वरोसँगै स्वासप्रस्वासमा समस्या भएपछि महिलालाई चार दिनअघि जनकपुरधामस्थित काव्य अस्पताल भर्ना गरिएको थियो। भर्ना गरेकै समयमा स्वाब संकलन गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।
निमोनियाकाे समस्या देखिएको महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिँदै आएको थियो।
आईसीयूमा उपचाररत महिलाको आइतबार साँझ मृत्यु भएको हो।
प्रकाशित मिति: १२:३४ बजे, सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

