स्वास्थ्य सेवा विभागको सिफारिसमा ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

काठमाडौं, भदौ २९ : सरकारले ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) लाई कालोसूचीमा राखेको छ। स्वास्थ्य सामग्री खरिद प्रक्रियापछि विवादमा आएको ओम्नीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो।
स्वास्थ्य सेवा विभागको सिफारिसमा अनुगमन कार्यालयले सोमबारबाट लागू हुने गरी कालोसूचीमा राखेको सूचना प्रकाशित गर्दै जनाएको छ।
स्वास्थ्य सामग्री खरिद प्रक्रियापछि विवादमा तानिएको ओम्नीसँग स्वास्थ्य सेवा विभागले चैत १९ गते खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो।
नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन उक्त समूहसँग सम्झौता गरेको थियो। बिना प्रतिस्पर्धा महंगो मूल्यमा स्वास्थ्य उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचनासमेत भएको थियो।
प्रकाशित मिति: ११:३५ बजे, सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

