Kathmandu Press

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

काठमाडौं, भदौ २९ : प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ।दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका...
श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

काठमाडौं, भदौ २९ : प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ।

दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमायाको विसं २०५७ मा हत्या गरेको आरोप लागेको थियो। 

घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन्। तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो। त्यसपछि उनी फरार थिए। उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौं बुझाएको थियो। उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ।

प्रकाशित मिति: ११:१८ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्