सिन्धुपाल्चोक पहिरो : थप दुई शव भेटिए, अझै १८ जना बेपत्ता
सिन्धुपाल्चोक, भदौ २९ : सिन्धुपाल्चोकको बाह्रबिसेमा आइतबार गएको पहिरोमा बेपत्ता भएकाहरुमध्ये थप दुई जनाको शव भेटिएको छ। योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या...
सिन्धुपाल्चोक, भदौ २९ : सिन्धुपाल्चोकको बाह्रबिसेमा आइतबार गएको पहिरोमा बेपत्ता भएकाहरुमध्ये थप दुई जनाको शव भेटिएको छ। योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ।
सोमबार बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँगै स्थानीय बासिन्दा बेपत्ताको खोजीमा जुटेका छन्। आज बिहान २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिका विकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
योसँगै घुम्थाङ पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। आइतबार ११ जनाको शव भेटिएको थियो।
पहिरोमा पुरिएका १८ जना अझै भेटिएका छैनन्। उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले बताए। पहिरोले निकै तलसम्म बगाएका कारण कठिनाइ भइरहेको उनको भनाइ छ।
आइतबार बिहान गएको पहिरोले बाह्रबिसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर बगाएको थियो। सुतेका वेला पहिरोले घर बगाएकाले धेरैजसो घरसँगै बेपत्ता भएका छन्।
यो वस्तीमा भूकम्पले धाजा फाटेको थियो। समयमै बस्ती स्थानान्तरण नगर्दा पहिरोले धनजनको क्षति भएको स्थानीय बासिन्दाको गुनासो छ।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

