Kathmandu Press

मोरङका ४० वर्षीय कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

काठमाडौं, भदौं २९ : धरानमा मोरङका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।आइतबार राती पौने ९ बजे धनपाल गाउँपालिका ६ का कोरोना...
मोरङका ४० वर्षीय कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

काठमाडौं, भदौं २९ : धरानमा मोरङका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

आइतबार राती पौने ९ बजे धनपाल गाउँपालिका ६ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ।

प्रतिष्ठानको अर्थो अवजरवेसन वार्डमा उपचाररत संक्रमितमा २६ गते कोरोना पुष्टि भइ  कोभिड उपचार केन्द्रमा सारिएको थियो। संक्रमित पुरुषमा कुनै पनि दीर्घ रोग नभएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: ०७:५८ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्