Kathmandu Press

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु 

काठमाडौं, भदौं २९ : गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार कास्कीको पोखरा महानगरपालिकाका १७...
गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु 

काठमाडौं, भदौं २९ : गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार कास्कीको पोखरा महानगरपालिकाका १७ जना र बाग्लुङ जिल्ला, बडीगाड १ र ५ का २ जना थरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पोखरा महानगरपालिका ८ की २१ बर्षीय महिला पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९९१ पुगेको छ । 

यस्तै, कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप एकजनाको ज्यान गएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व मध्यबिन्दु १२ स्थायी ठेगाना भएका बर्ष ६० का पुरुषको लुम्बिनी अस्पताल, रुपन्देहीमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचार गराईरहेका उनलाई कोरोनाको संक्रमण समेत पुष्टी भएको थियो । उनको यहि २६ गते दिउँसो ४:३० बजे मृत्यु भएको जानकारी अस्पताल प्रशासनबाट प्राप्त भएको निर्देशनालयले जनाएको छ ।  

यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । 

प्रकाशित मिति: ०७:०७ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्