भारतमा कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो
काठमाडौं, भदौं २९ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४...
काठमाडौं, भदौं २९ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
सोमबार भारतमा ९३ हजार २१५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ लाख ४५ हजार ३ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म ३७ लाख ७७ हजार ४४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८८ हजार २०५ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १४० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७९ हजार ७५४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०६:४० बजे, सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

