नेकपाको संगठन विभागले सदस्यता नवीकरणको काम मंसिर भित्रै सक्ने

काठमाडौं, भदौ २८ : नेकपाको संगठन विभागले पार्टीको सदस्यता नवीकरणको काम मंसिरभित्रै सक्ने गरी काम अघि बढाउने भएको छ। स्थायी कमिटी बैठकले महाधिवेशनमा होमिने निर्णय गरेसँगै संगठन विभागले सदस्यता नवीकरणको निर्देशन दिएको हो।
स्थायी कमिटीले मंसिरभित्रै नवीकरणको काम सक्ने निर्णय गरेको थियो। पार्टीमा विभागलाई पूर्णता दिनुका साथै एकताको कामलाई पूर्णता दिनका लागि सदस्यताको टूंगो लगाउनेतर्फ विभाग केन्द्रित भएको संगठन विभागकी सदस्य रेखा शर्माले बताइन्। ‘पार्टीमा रहेका तमाम विवाद समाधान गर्दै महाधिवेशनमा केन्द्रित हुने निर्णय भएसँगै संगठन विभागले सदस्यता नवीकरणको कामलाई तीव्रता दिनेभ भएको छ,’ शर्माले भनिन्।
नेकपामा सात लाख क्रियाशील सदस्य रहेको दाबी नेताहरुले गर्दै आएका छन्। जसमा तत्कालिन एमालेको ४ लाख माओवादीको ३ लाख सदस्य रहेको दाबी छ।
प्रकाशित मिति: १७:१९ बजे, आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

