Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए कोरोनाका ५९७ संक्रमित

आइतबार काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा थपिए कोरोनाका ५९७ संक्रमित

काठमाडौं, भदौ २८ : आइतबार काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ४८३, भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६३ हजार ५१ पुगेको छ। संक्रमितमध्ये ३८ हजार ६९७ जना निको भएर घर फर्किएका छन्।

त्यसैगरी आइतबार ११ सय ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ।

प्रकाशित मिति: १६:४२ बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्