Kathmandu Press

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं, भदौ २८ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु...
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं, भदौ २८ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा ६ पुरूष र तीनजना महिला रहेका छन्। 

जसअनुसार काठमाडौंका  दुई महिला र चार पुरुष, मोरङका एक पुरुष, सिन्धुपाल्चोकका एक पुरुष र कास्कीकी एक महिलाको मृत्यु भएको मन्त्रालयकाा प्रवक्ता डा. जागेश्वर गौतमले बताए। 

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।

यस्तै, आइतबार नेपालमा थप १०३९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६३ हजार ५१ पुगेको छ। संक्रमितमध्ये ३८ हजार ६९७ जना निको भएर घर फर्किएका छन्।

त्यसैगरी आइतबार ११ सय ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। अहिलेसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ।

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्