Kathmandu Press

आइतबार थपिए देशभर १०३९ नयाँ कोरोना संक्रमित

आइतबार ११ सय ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ।
आइतबार थपिए देशभर १०३९ नयाँ कोरोना संक्रमित

काठमाडौं, भदौ २८ : नेपालमा थप १०३९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६३ हजार ५१ पुगेको छ। संक्रमितमध्ये ३८ हजार ६९७ जना निको भएर घर फर्किएका छन्।

त्यसैगरी आइतबार ११ सय ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ।

मन्त्रालयका अनुसार संक्रमण निको हुने दर ७१.५ प्रतिशत रहेको छ ।

हाल सक्रिय संक्रमित भने १५ हजार एक सय १७ जना छन्। त्यसमध्ये सात हजार सात सय ३० जना संस्थागत र सात हजार तीन सय ८७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये एक सय ७९ जनाको आइसियू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले बताए।

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्