Kathmandu Press

‘नपत्याउने बर्खे खोलाले बस्ती बगायो’

खासै पानी नहुने र बर्खामा पनि सानो भल बग्ने पहुँखोलाले उग्ररुप लिँदा खसेकाे पहिराेले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ धुम्थाङका दुई वटा बस्ती बगेका छन्। नौ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्।
‘नपत्याउने बर्खे खोलाले बस्ती बगायो’

काठमाडौं, भदौं २८ :  सिन्धुपाल्चोकको बाहविसे नगरपालिका–७ घुम्थाङका दुई स्थानमा आइतबार बिहान २ बजे पहिरो जाँदा नौ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्। पहिरोले कयौं घरमा क्षति पुगेको छ। स्थानीय बासिन्दा भने नपत्याउने बर्खे खोलाले बगाएको बताउँछन्।

स्थानीय बासिन्दा  रेशम प्रधानका अनुसार भीरखर्कमा सानो पहुँखोला छ। यसमा खासै पानी हुँदैन। ‘पहुँखोलामा कहिले पानी आउँदैन्थ्यो।  पानी पर्दा कहिले काही सानो भल बग्ने गथ्र्यो, तर यति ठूलो पानी आएको पहिलो पटक हो,’ उनले भने।

घुम्थाङमा दुई गाउँ छन्, भीरखर्क र नागपुजे। माथि भीरखर्क पर्छ भने तल नागपुजे। भीरखर्केमा पानीले पहिरो बग्दै गएपछि नागपुजेमा घर पुरिएर बस्ती डुवाएको रेशमले बताए। ‘नागपुजेमा खेतीयोग्य जमिन र बाक्लो बस्ती छ। यो नपत्याउने बर्खे खोलाले बस्ती बगायो,’ उनले थपे।

Hardik ivf

भीरखर्कबाट पहिरोले बगाउँदै ल्याएको घर नागपुजेहुँदै सुनकोसी खोलासम्म पृर्‍याएको स्थानीय बासिन्दा बताउँछन्। नागपुजेमा २० जना बेपत्ता भएका थिए भने आठ घर बगाएको छ। जसमा ६ जनाको शव भेटिएको छ।

त्यस्तै, भीरखर्कमा ११ जना बेपत्ता भएका थिए भने १४ घर पहिरोले पुरिएका छन्। बेपत्तामध्ये तीन जनाको शव भेटिएको छ।

हहिलेसम्म नौ जनाको शव भेटिएको छ। अझै २२ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरको खोजी जारी रहेको छ।

तर, पहिरोमा कति जना बेपत्ता भए भन्न अझै एकीन हुन सकेको छैन। ‘घरपरिवारमा कति सदस्य थिए र कति बेपत्ता भए भन्ने खोजि भइरहेको छ,’ उनले भने।

त्यस्तै, स्थानीय बजिरसिंह भण्डारीका अनुसार नागपुजेमा १७ घर पुरिएका छन्। तिघरमा कति जना पुरिए भन्ने एकीन भएको उनले बताए। ‘परिवार सदस्यको बास्तविक तथ्यांक नआएसम्म कति जना बेपत्ता भन्न सकिन्न,’ उनले भने।

पहिरोले पूर्ण र आंशिक गरि दुई सय १० घरमा क्षति पुगेको बजिरसिंहले बताए। ‘माथि भीर र तल समथर भएकाले माथिको पहिरो बस्ती नै बगाएको हो,’ उनले भने।

दुवै गाउँ गरेर एक सयभन्दा बढि घरपरिवारलाई स्थानान्तरण गर्नुपरेको बाह्रबिसे नगरपालिकाले जनाएको छ। उद्धार र खोजीसँगै पीडितको तथ्यांक संकलन भइरहेको उपमेयर सुशिला प्राख्रिनले बताइन्। ‘उद्धारको क्रममा ३१ जना बेपत्ता भएको खवर प्राप्त भएको छ। उनीहरुमध्ये नौ जनाको शव भेटिएको छ। बेपत्ता हुनेको संख्या बढिरहेको छ,’ उपमेयर पाख्रिनले भनिन्।

सामान्य मानिएको पहुँखोलामा बाढी आएपछि भीरखर्कमा पहिरो बग्र्दै जाँदा नगपुजेसम्म क्षति पुगेको हो। खोलामा पानीसँगै माटो पनि बगेपछि बस्तीनै बगाउने अवस्था आएको उनको भनाइ छ।

पहुँ खोलालाई सामान्य रुपमा लिइएको थियो। बर्खाको समयमा सानो भल बग्ने भएकाले रोकथाम र नियन्त्रणको लागि केही पहल गरिएको थिएन। ‘सानो खोलाले पहाड नै बगायो,’ उपमेयर पाख्रिनले भनिन्। भूकम्पले थकाएर धजा पारेको पहाड पानी पसेकाले बगेको उनको अनुमान छ।

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, भदौ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्