Kathmandu Press

सिन्धुपाल्चोक पहिरो : मृत्यु भएका नौजनाको सनाखत, अझै २२ बेपत्ता (अपडेट)

सिन्धुपाल्चोक, भदौ २८ : बाह्रबिसे–७ घुम्थाङमा पहिरामा पुरिएर मृत्यु भएका नौ जनाको मृत्यु भएको छ भने अझै २२ जना बेपत्ता रहेका छन्।इलाका प्रहरी...
सिन्धुपाल्चोक पहिरो : मृत्यु भएका नौजनाको सनाखत, अझै २२ बेपत्ता (अपडेट)

सिन्धुपाल्चोक, भदौ २८ : बाह्रबिसे–७ घुम्थाङमा पहिरामा पुरिएर मृत्यु भएका नौ जनाको मृत्यु भएको छ भने अझै २२ जना बेपत्ता रहेका छन्।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको बताए। उनका अनुसार मृत्यु हुनेमा नागपुजे गाउँकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान रहेका छन्।

भिरखर्क गाउँका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, आठ वर्षीय सन्देश बिक, ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ रहेका छन्।

पहिरामा पुरिँउर २२ जना अझै बेपत्ता छन्। भिरखर्क पहिरामा बेपत्तामध्ये पाँच जनाको जीवित नै उद्धार गरिएको छ। पुरिएको अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।

तीनजना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

गएराति गएको पहिराले ११ घर क्षति पुगेको छ। क्षतिको विवरण सङ्कलन भइरहेको छ। बेपत्ताको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा खटिएका छन्।

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्