Kathmandu Press

टिचिङ अस्पतालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु

काठमाडौं, भदौ २८ : कोरोना भाइरसको संक्रमणमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत चार जनाको मृत्यु भएको छ।अस्पतालका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका तीन...
टिचिङ अस्पतालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु

काठमाडौं, भदौ २८ : कोरोना भाइरसको संक्रमणमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत चार जनाको मृत्यु भएको छ।

अस्पतालका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका तीन र सिन्धुपाल्चोकका एक जनाको कोरोनाबाट मृत्यु भएको हो। चारै जना पुरुष रहेका छन्।

काठमाडौंका मृत्यु हुने तीन जनामध्ये ७० वर्षीय वृद्धको शनिबार साँझ ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ।

त्यस्तै, कोरोनाबाट मृत्यु हुने दोस्रो व्यक्ति ५९ वर्षीय बृद्ध भदौ १९ गते अस्पताल भर्ना भएका थिए। उनको शनिबार राति ११ः१५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मधुमेहबाट पीडित थिए।

काठमाडौं तेस्रोे व्यक्ति ६४ वर्षीय वृद्ध हुन्। मिर्गौलाको डायलासिस गराउन अस्पताल पुगेका उनको आज बिहान २ः३० बजे मृत्यु भएको जनाएको छ।

शिक्षण अस्पतालमा मृत्यु भएका चौथो व्यक्ति सिन्धुपाल्चोकका ५९ वर्षीय बृद्ध हुन्। उनको गएराति १२ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई कोरोना संक्रमण भएपछि निमोनिया भएको जनाएको छ।

आजै बिहान चितवनमा होम आइसोलेसनमा एक जनाको मृत्यु भएको थियो। योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय ४१ पुगेको छ।

 

प्रकाशित मिति: १४:१४ बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्