Kathmandu Press

कोरोना निको भएका भारतका गृहमन्त्री फेरि अस्पताल भर्ना

नयाँ दिल्ली, भदौ २८ : कोरोना भाइरसको संक्रमण निको भएका भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना भएका छन्।स्वास्थ्यमा समस्या आएपछि उनलाई गएराति...
कोरोना निको भएका भारतका गृहमन्त्री फेरि अस्पताल भर्ना
अमित शाह।

नयाँ दिल्ली, भदौ २८ : कोरोना भाइरसको संक्रमण निको भएका भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि उनलाई गएराति ११ बजे नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो। उनको स्वास्थ्य स्थिर रहेको जनाएको छ।

उनालाई एक महिना अघि अगस्ट २ तारिखमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो। त्यसपछि उनी एम्स अस्पताल भर्ना भएका थिए। कोरोना नेगेटिभ देखिएपछि उनलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो।

त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहेका शाह त्यतिवेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना गरिएको जनाएको छ।

संसदको नयाँ अधिवेशन सुरु हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन्।

गृहमन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरी उहाँलाई भर्ना गरिएको छ, अस्पतालद्वारा जारी वक्तव्यमा भनिएको छ।

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, भदौ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्