गण्डकीमा थप ६५ जनालाई कोरोना संक्रमण
पोखरा, भदौ २८ : गण्डकी प्रदेशमा आज बिहान थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै...
पोखरा, भदौ २८ : गण्डकी प्रदेशमा आज बिहान थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन्। यससँगै गण्डकीमा हालसम्म दुई हजार नौ सय ६८ जनामा कोरोना पुष्टि भएको छ।
कोरोना संक्रमितमध्ये लमजुङको सुन्दरबजार १०, नवलपुरको विनयी त्रिवेणी ६, तनहुँको व्यास एक, म्याग्दे चार, स्याङ्जाको गल्याङ एक तथा गोरखाको गोरखा नगरपालिका तथा भीमसेन गाउँपालिकामा सात गरी २९ जनामा रहेका छन्।
त्यसैगरी प्रदेशमा पाँच सय ६१ जना क्वारेन्टिनमा रहेका छन् भने सक्रिय संक्रमित एक हजार १८ छन्। आजसम्म एक हजार आठ सय ६१ निको भएर घर फर्किएका छन्।
गण्डकीमा हालसम्म २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
प्रकाशित मिति: १३:१६ बजे, आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

