सिन्धुपाल्चोक पहिरो: पाँचको शव भेटियो, ३१ अझै बेपत्ता (अपडेट)
सिन्धुपाल्चोक, भदौ २८ : गएराति सिन्धुपालचोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ भने अझै ३१ जना बेपत्ता रहेका छन्।नागपुजेकी...
सिन्धुपाल्चोक, भदौ २८ : गएराति सिन्धुपालचोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ भने अझै ३१ जना बेपत्ता रहेका छन्।
नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ, २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए। दुई जनाको सनाखत हुन बाँकी छ।
पहिरोले धुम्थाङ र नागबुजे गाउँ बगाएको हो। यहाँका १८ घर बहिरोले बगाउँदा अझै ३१ जना बेपत्ता रहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवा उद्धारमा खटिएका छन्। पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ।
प्रकाशित मिति: १२:३४ बजे, आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

