Kathmandu Press

बागलुङ पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो

बागलुङ, भदौ २८ : अविरल वर्षासँगै आज बिहान खसेको पहिरामा परी बागलुङमा मृत्यु हुनेको संख्या दुई पुगेको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा बेपत्ता...
बागलुङ पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो

बागलुङ, भदौ २८ : अविरल वर्षासँगै आज बिहान खसेको पहिरामा परी बागलुङमा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा बेपत्ता जैमिनी नगरपालिका–५ बिनामारेकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ। यसअघि पहिरामा परी वडा नं १ कुश्मिशेराको टुनिबोटकी ६० वर्षीया लक्ष्मी पौडेलको शव भेटिएको थियो।

पहिरामा टुनिबोटका ७० वर्षीय मणिभद्र पाध्याको घाइते भएका छन्। उनकी छोरी देवी शर्मा सामान्य घाइते भएकी छिन्। उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचार भइरहेको प्रहरी निरीक्षक हेम केसीले बताए।

बागलुङ–कुश्मिशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिराले टुनिबोटका तीन घरमा क्षति पु¥याएको स्थानीयवासी केदार पौडेलले बताए। पहिराले नगरपालिकामा चार घर पुरेको छ। दुई घर विस्थापित भएको नगर उप–प्रमुख लीला रानाले बताइन्।

टुनिबोटमा केही पशुचौपायासमेत मरेका छन्। पहिराले तीनवटा गोठमा क्षति पुगेको छ। वर्षा नरोरिएकाले उद्धारमा कठिनाइ भइरहेको स्थानीय पौडेलले बताए।

जैमिनी–५ बिनामारेको सिम्लेमा पहिराले एक घर नीलकण्ठ पौडेलको परिवारका अन्य ६ जना घाइते भएका छन्। बाँसको झ्याङले अँठ्याएको अवस्थामा परिवारका अन्य ६ जनाको उद्धार गरिएको वडाध्यक्ष गोपाल पौडेलले बताए।

घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचारका लागि पठाइएको छ। जैमिनीको दुवै वडामा गएको पहिराको मुख्य कारण सडक निर्माणका क्रममा बनाइएका संरचना भएको स्थानीय बासिन्दाको भनाइ छ।

प्रकाशित मिति: ११:५१ बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्