Kathmandu Press

स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि स्वास्थ्य चौकी बन्द

प्युठान, भदौ २८ : एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्युठानको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकी बन्द गरिएको छ।स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना...
स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि स्वास्थ्य चौकी बन्द

प्युठान, भदौ २८ : एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्युठानको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकी बन्द गरिएको छ।

स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए।

कोरोना संक्रमण थप फैलिन नदिन तथा संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको स्वाब सङ्कलन गरी पठाउनका लागि स्वास्थ्य चौकीबाट प्रदान गरिएको सेवाहरु बन्द गरिएको उनको भनाइ छ।

शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगाशाला भैरहवामा परीक्षणका क्रममा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: ११:११ बजे, आइतबार, भदौ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्