Kathmandu Press

गण्डकीमा दुई हजार ९०३ पुगे कोरोना संक्रमित

पोखरा, भदौ २८ : गण्डकी प्रदेशमा आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या दुई हजार नौ सय तीन पुगेको छ।प्रदेशमा हालसम्म ५५ हजार सात सय...
गण्डकीमा दुई हजार ९०३ पुगे कोरोना संक्रमित

पोखरा, भदौ २८ : गण्डकी प्रदेशमा आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या दुई हजार नौ सय तीन पुगेको छ।

प्रदेशमा हालसम्म ५५ हजार सात सय ३७ जनाको पिसीआर परीक्षण गरिएकामा ५२ हजार आड सय ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

प्रदेशमा संक्रमित भएकामध्ये एक हजार आठ सय ४९ जना निको भएका छन् भने सक्रिय संक्रमितको सङख्या एक हजार ३० रहेको छ।

कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा सात सय ५७ नमुना परीक्षण गरिएकामा ६ सय ८२ को रिपोर्ट नेगेटिभ आएको छ भने ७५ जनामा संक्रमण देखिएको छ।

पछिल्लो २४ घन्टामा ३७ जना निको भएका छन्। प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र क्षयरोग उपचार केन्द्रमा पिसीआर परीक्षण भइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बताए।

प्रकाशित मिति: १०:२६ बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्