Kathmandu Press

ओली सरकारले जनताका आवश्यकता बुझ्न सकेनः पौडेल

रुपन्देही, वैशाख ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नेपाली जनताको ....

ओली सरकारले जनताका आवश्यकता बुझ्न सकेनः पौडेल

रुपन्देही, वैशाख ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नेपाली जनताको आवश्यकता बुझ्न नसकेको आरोप लगाएका छन्।
 
कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ ले सोमबार आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले सरकारले भ्रष्टाचारलाई संस्थागत गर्नेतर्फमात्रै ध्यान दिएको आरोप लगाए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा ओली सरकारले अघि सारेपनि त्यो लक्ष्य पूरा नहुने ठोकुवा गरे।

उनले भने,‘यो सरकारले न त जनताको आवश्यकता बुझ्न सक्छ। न देशमा समृद्धि दिन सक्छ।’ उनले कांग्रेसले मात्रै मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान सक्ने दाबी गरे। ‘कृषि क्रान्ति गरेर ऊर्जा शक्तिको विकास र पर्यटनको विस्तार गरेर मुलुकलाई समृद्धितर्फ लैजान जरुरी छ। तबमात्र मुलुकमा समृद्धि आउँछ,’ पौडेलले भने।

प्रकाशित मिति: १५:४० बजे, सोमबार, वैशाख ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्