Kathmandu Press

प्रचण्डले भने–समय लागेपनि एकताको फलामे ढोका फोरिदियौं 

काठमाडौं, वैशाख ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको फलामे ढोका फोड्न सफल भएको बताएका छन्। <....

प्रचण्डले भने–समय लागेपनि एकताको फलामे ढोका फोरिदियौं 

काठमाडौं, वैशाख ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको फलामे ढोका फोड्न सफल भएको बताएका छन्। 

नेकपाको ७० औं स्थापना दिवसका अवसरमा सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘पार्टी एकीकरण भएको एक वर्ष बित्न लाग्यो। तर, जिल्ला कमिटीको एकता हुन सकेको थिएन। समय लगाएर भएपनि त्यो काम हामीले हिजो साँझ सकेका छौं। यसलाई एकताको फलामे ढोका भन्दा पनि हुन्छ। त्यो फलामे ढोका हामीले फोर्न सफल भयौं। अब पार्टीले गति लिन्छ।’ 

उनले जिल्ला कमिटी एकताको मुख्य गाँठो रहेको र त्यो फुकेपछि अब अरु गाँठाहरु सहजै फक्दै जाने बताए। ‘जिल्ला कमिटीको एकता नै मुख्य गाँठो थियो। केही ढिला भएपनि त्यो फुकेको छ,’उनले भने,‘अब बाँकी जनवर्गीय संगठन, प्रवास कमिटीहरुको एकता छिट्टै घोषणा हुनेछ।’

प्रचण्डले जिल्ला कमिटीको ८ महिनाभित्रैमा सम्मेलन हुने र एक वर्षमा अधिवेशन हुने दाबी पनि गरे।

प्रकाशित मिति: १५:३७ बजे, सोमबार, वैशाख ९, २०७६