Kathmandu Press

कोरोनाको उपचार गर्ने कुन अस्पतालले कति पाए रकम? (सूचीसहित)

मन्त्रालयले जोखिम भत्ता, औषधिजन्य सामाग्री व्यवस्थापन, ल्याब एसेसरिज, भिटिएमलगायतको व्यवस्थापनका लागि अस्पतालहरुलाई भुक्तानी दिएकाे हाे।
कोरोनाको उपचार गर्ने कुन अस्पतालले कति पाए रकम? (सूचीसहित)

काठमाडौं, भदौ २६ : कोरोना भाइरसको उपचार गर्ने अस्पतालहरूलाई सरकारले हालसम्म ३६ करोड भुक्तानी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाको तथ्यांकअनुसार हालसम्म देशभरका अस्पताललाई ३६ करोड ८० लाख ३ हजार रूपैयाँ भुक्तानी गरेको हो।

मन्त्रालयले जोखिम भत्ता, औषधिजन्य सामाग्री व्यवस्थापन, ल्याब एसेसरिज, भिटिएमलगायतको व्यवस्थापनका लागि अस्पतालहरुलाई भुक्तानी गरिएको शाखाका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले बताए।  

उनकाअनुसार जोखिम भत्तावापत भरतपुर अस्पताल, कान्तिबाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी जम्मापाँच वटा अस्पताल तथा विज्ञान प्रतिष्ठानका लागि मन्त्रालयले सात करोड ७० लाख चार हजार भुक्तानी दिएको छ। 

Hardik ivf

यस्तै कोरोनाको उपचारमा प्रत्यक्षरुपमा खटिएका स्वास्थ्य कर्मचारीहरुको भत्तालगायत अन्य औषधिजन्य सामाग्रीको व्यवस्थापनका लागि मन्त्रालयले २२ करोड ३७ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरेको छ। 

ल्याब एसेसरिज, भिटिएम जोखिम भत्तालगायतका अन्य व्यवस्थापनका लागि केन्द्र सरकारले ३ करोड ६० लाख र प्रदेश अन्र्तगत २ करोड ४० हजार भुक्तानी भएको खड्काले जानकारी दिए। ‘अहिलेसम्म भुक्तानी ३६ करोड भुक्तानी भइसकेको छ। भने भुक्तानी हुने प्रक्रिया समेत जारी छ,’ खड्काले भने। 

कुन अस्पतालले कुन शीर्षकमा कति रकम पाए?

प्रकाशित मिति: १३:३५ बजे, शुक्रबार, भदौ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्